काठमाडौं- सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ नेपाल लिमिटेडबाट ‘त्रिपल बी प्लस’ रेटिङ प्राप्त गरेको छ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सन कम्पनीको जारीकर्ताको मूल्यांकनलाई सुधार गरेको हो ।
यो रेटिङले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टिम , सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई झल्काउँछ। ‘त्रिपल बी प्लस’ श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको मानिन्छ।
कम्पनीले ग्राहक वर्ग, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार प्रकट गर्दै अझ सुदृढ र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
हाल कम्पनीको देशभरमा १४८ शाखा तथा उप शाखा बाट सेवा संचालनमा रहेको छ।
प्रतिक्रिया