अपडेट

जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने सरकारको निर्णय

मंगलबार, १८ कार्तिक २०८२, १० : २९

काठमाडौं- सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो। राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखी जेनजी पुस्ताद्वारा २०८२ भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने निर्णय भएको बताए।

 
मंगलबार, १८ कार्तिक २०८२, १० : २९

प्रतिक्रिया