एलआईसी नेपालको स्वतन्त्र सञ्चालकमा शुभांगी सोमन नियुक्त

मंगलबार, १८ कार्तिक २०८२, ११ : ३३

काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल)को स्वतन्त्र सञ्चालकमा शुभांगी सोमन नियुक्त भएकी छन्।

कम्पनीको स्वतन्त्र सञ्चालकको रूपमा प्रतिनिधित्व गरिरहेका प्रविन कुमार मोलरीको पदावधि समाप्त भई रिक्त रहेको पदमा शुभांगी सोमनलाई नियुक्त गरिएको हो।

उनलाई कात्तिक १२ गतेदेखि लागू हुने गरी सञ्चालकको पदमा नियुक्ति गरिएको कम्पनी सचिव सुदर्शन गिरीले जानकारी दिएका छन्।

 
मंगलबार, १८ कार्तिक २०८२, ११ : ३३

प्रतिक्रिया