जेनजी आन्दोलन

न्याय माग्दै न्यायालय, सर्वोच्च र जिल्ला अदालतले दिए प्रहरीमा जाहेरी

मंगलबार, १८ कार्तिक २०८२, १३ : ३५

काठमाडौं– जेनजी आन्दोलनमा भएको आगजनीमा संलग्नलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । 

जिल्ला प्रहरी परिसर भद्रकालीमा सर्वोच्च र जिल्ला  दुवै अदालतको तर्फबाट जाहेरी परेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

अदालतले २४ गते भएको क्षति विवरणसहित संलग्नमाथि कानूनी कारबाहीको माग गर्दै जाहेरी दिएका हुन् । जेनजी आन्दोलनको क्रममा सर्वोच्चलगायत देशका विभिन्न अदालतका भवनमा आगजनीसँगै तोडफोड र लुटपाटसमेत भएको थियो ।

 
 
 
 
 
मंगलबार, १८ कार्तिक २०८२, १३ : ३५

प्रतिक्रिया