सिंहदरबारमा रवि लामिछाने, जाँचबुझ आयोगले बयान लिँदै

बुधबार, १९ कार्तिक २०८२, १३ : ४३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते कारागारबाट निस्किएका रविलाई यस विषयमा सोधपुछका लागि ल्याइएको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग आज सोधपुछ गर्दैछ । यसैलका लागि उनलाई सिंहदरबारस्थित आयोगको कार्यालयमा ल्याएर सोधपुछ गर्न लागिएको हो ।

जाँचबुझ आयोगले सोधपुछका लागि झिकाउन भनेपछि उनलाई अहिले कारागारबाट हिँडाइएको नख्खु कारागार स्रोतले बताएको छ ।

 
बुधबार, १९ कार्तिक २०८२, १३ : ४३

प्रतिक्रिया