काठमाडौं- चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब माथि कुल बीमा शुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांककअनुसार बीमा कम्पनीहरुले विभिन्न बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।
यस आर्थक वर्षको पहिलो तीन महिनामा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो।
यस्तै, नेशनल लाइफ ले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एलआइसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।
समीक्षा अवधिमा सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।
मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यसै गरी आइएमई लाइफले १ अर्ब ५१ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।
बीमा प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा कम बीमा शुल्क संकलन गर्ने जीवन बीमा कम्पनीमा सन नेपाल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो।
प्रतिक्रिया