काठमाडौं– हाम्रो नेपालका अगुवा सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । उनले जनता र जेन–जीका माग पूरा नभए चुनाव गर्न नदिने चेतावनी समेत दिएका छन् ।
गुरुङले गृहमन्त्री अर्याललाई जेनजीको मागअनुसार भ्रष्टाचार गर्नेलाई कारबाही नगरेकोप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत राजीनामा मागेका हुन् ।
उनले आज सामाजिक सञ्जालमा भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर भन्ने आवाज उठ्दा जेनजीलाई कारबाही गर सुन्ने गृहमन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।’
प्रतिक्रिया