युवा संघले दियो बालेन विरुद्ध उजुरी

विहीबार, २० कार्तिक २०८२, १५ : ५३

काठमाडौं– नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरुद्ध उजुरी दिएको छ । युवा संघका नेताहरू साइबर ब्युरो पुगेर बालेनविरुद्ध उजुरी दिएका हुन् ।

बालेन शाहले लेखेको स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको भन्दै युवा संघले उजुरी दिएको हो । साइबर ब्यूरोका अनुसार, बालेनविरुद्ध उजुरी परेको छ । उजुरी दर्ताको प्रक्रियामै रहेको जनाइएको छ । 

मेयर शाहले यही १६ कात्तिक मध्यराति आपत्तिजनक शब्दसहित एक स्टाटस लेखेका थिए । उनले उक्त स्टाटस केहीबेरमै पेजबाट हटाएका थिए ।

 
विहीबार, २० कार्तिक २०८२, १५ : ५३

प्रतिक्रिया