रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक सुरु

शुक्रबार, २१ कार्तिक २०८२, १२ : ३३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाको केन्द्रीय समितिको विस्तारित बैठक सुरु भएको छ । बैठक चितवनको सौराहामा शुक्रबार बिहानदेखि सुरु भएको हो ।

बैठकमा ५०० भन्दा बढी प्रतिनिधिले सहभागिता जनाउने रास्वपाले जनाएको छ । बैठकमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले राजनीतिक, उपसभापति स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा पेस गर्नेछन् ।

प्रदेश सभापतिहरूले प्रदेशभित्रका जिल्लाको पार्टी संगठनको अवस्थाबारे ब्रिफिङ गर्ने रास्वपाले जनाएको छ ।

 
शुक्रबार, २१ कार्तिक २०८२, १२ : ३३

प्रतिक्रिया