काठमाडौं– नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ ।
कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज (केएमसी)मा रहेका उनको गएराति निधन भएको हो।
मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।
२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप आलममाथि लागेको थियो।
प्रतिक्रिया