डिशहोमले द ट्राङक्विलिटी स्पासँग सहकार्य गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने

शनिबार, २२ कार्तिक २०८२, १० : ४७

काठमाडौं- डिशहोमले नेपालभरका स्पा तथा सलोन सेवामा अग्रणी र विश्वसनीय नाम मध्ये एक द ट्राङक्विलिटी स्पा सँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।

डिशहोमको अभिनव भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रमअन्तर्गत सुरु गरिएको यो सहकार्यले ग्राहकहरूको जीवनशैलीलाई अझ समृद्ध बनाउन र उनीहरूलाई देशव्यापी रूपमा विशेष स्वास्थ्य तथा वेलनेस लाभहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

अब डिशहोमका सक्रिय ग्राहकहरूले नेपालभर रहेका सबै ट्राङक्विलिटी स्पा शाखाहरूमा निम्न छुटहरू प्राप्त गर्न सक्नेछन् ।

  • सबै स्पा र सलोन सेवामा २५% छुट
  • सबै सलोन सेवामा २०% छुट
  • ट्राङक्विलिटी इन्टरनेशनल ब्यूटी एण्ड स्पा एकेडेमी (TIBSA) मा हुने तालिम कार्यक्रममा ३०% छुट

लक्जरी वातावरण, अनुभवी थेरापिस्टहरू र विश्वस्तरीय उपचारका लागि परिचित द ट्राङक्विलिटी स्पा ले नेपालमा वेलनेस र रिल्याक्सेसनको पर्यायका रूपमा आफ्नो स्थान स्थापित गरेको छ। देशका प्रमुख सहरहरू र पर्यटनस्थलहरूमा शाखा विस्तार गरिसकेको यस स्पाले डिशहोमका ग्राहकहरूलाई मनोरञ्जन र स्वास्थ्यका उत्कृष्ट सुविधाहरू एउटै प्लेटफर्ममा उपलब्ध गराएको छ।

काठमाडौंमा अवस्थित TIBSA ले ब्यूटी थेरापी, स्पा ट्रीटमेन्ट, मसाज थेरापी र समग्र वेलनेस सम्बन्धी व्यावसायिक पाठ्यक्रमहरू प्रदान गर्छ। व्यावहारिक तालिम र विशेषज्ञ प्रशिक्षकहरूद्वारा संचालित यो संस्थाले नेपालको आगामी पुस्ताका वेलनेस व्यवसायिकहरूलाई तयार पार्ने उद्देश्य राखेको छ।

अफर विवरण

  • देशभरका सबै ट्राङक्विलिटी स्पा शाखामा सबै स्पा र सलोन सेवामा २५% छुट
  • सबै सलोन सेवामा २०% छुट
  • TIBSA मा प्रशिक्षण सेवामा ३०% छुट

यो सुविधा सिर्फ सक्रिय डिशहोम ग्राहकहरूका लागि, myDishHome App मार्फत उपलब्ध कसरी छुट प्राप्त गर्ने

  • myDishHome App प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्ने।
  • दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक ID प्रयोग गरी लगइन गर्ने ।
  • होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको आफ्नो Virtual Privilege Card खोल्ने।
  • कुनै पनि Tranquility Spa शाखामा कार्ड देखाएर तुरुन्तै छुट प्राप्त गर्ने ।

यस साझेदारीलाई औपचारिक बनाउने क्रममा Tranquility Spa and Services का प्रमुख सञ्चालन अधिकृत (COO) रणिल फाइजो र DishHome का Chief of New Product Development Officer सबिन महर्जन बीच समझदारी पत्र (MoU)मा हस्ताक्षर गरिएको हो।

“यो साझेदारीले नेपालको अग्रणी स्पा र सलोन ब्रान्डलाई हाम्रो ग्राहकहरूलाई थप मूल्य, सहजता र सन्तोषजनक अनुभव प्रदान गर्ने प्रतिबद्धतासँग जोड्छ,” DishHome का CEO तारा मानन्धरले भने।

DishHome Virtual Privilege Card कम्पनीको ग्राहक सन्तुष्टि र समग्र जीवनशैली प्रवर्द्धन गर्ने व्यापक दृष्टिकोणको हिस्सा हो। यो पहलमार्फत डिशहोमले भोजन, आतिथ्य, यात्रा, वेलनेस, मनोरञ्जन र खुद्रा क्षेत्रका विभिन्न साझेदारहरूसँग सहकार्य गर्दै आफ्ना ग्राहकहरूलाई देशभर विशेष छुट, सुविधा र प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ।

आगामी महिनाहरूमा डिशहोमले आफ्नो साझेदार नेटवर्क अझ विस्तार गर्दै ग्राहकहरूका लागि थप रोमाञ्चक विशेषाधिकार र जीवनशैली लाभहरू ल्याउने योजना बनाएको छ।

 
 
शनिबार, २२ कार्तिक २०८२, १० : ४७

प्रतिक्रिया