काठमाडौं- चालु आर्थिक वर्षको पहिलो तीन महिनामा राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेखनीय वृद्धि भएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड १३ लाख खुद नाफा गरेकोमा यस वर्ष २ सय ९५ प्रतिशतले बढेर ५९ करोड ८७ लाख पुगेको छ ।
बैंकको नाफामा सुधार भएसँगै अन्य सूचकहरुमा पनि सुधार देखिएको छ । आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासमा बैंकको व्याज आम्दानी ३४ प्रतिशतले बढेको छ भने डिपोजिट ९५५ प्रतिशत र कर्जा प्रवाह ३ प्रतिशतले बढेको छ ।
बैंकको सिडि रेसियो ६० प्रतिशत रहेको छ जुन गत आर्थिक वर्षमा ६४ प्रतिशत भन्दा माथि रहेको थियो ।
त्यस्तै बैंकको खराब कर्जा ९ प्रतिशतले बढ्दा प्रोभिजनिङ पनि ११ प्रतिशतले बढेको छ । आधार दर र स्प्रेडदर गत वर्षको यही अवधिको तुलनामा थप घटेको छ ।
प्रतिक्रिया