डेडिकेटेड ट्रंक लाइनको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

आइतबार, २३ कार्तिक २०८२, १५ : ४४

काठमाडौं– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंक लाइनको महसुल भुक्तानीका सम्बन्धमा सहजीकरणका लागि निर्देशन दिएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई कात्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

कात्तिक १७ गते प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबिच भएको छलफल र समझदारीलाई सहजीकरण गर्न निर्देशन दिएको छ ।

 
आइतबार, २३ कार्तिक २०८२, १५ : ४४

प्रतिक्रिया