काठमाडौं- मधेश प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी छन् । उपचारका लागि काठमाडौं आउन लागेकी प्रदेश प्रमुख भण्डारीले एमाले संसदीय दलका नेता रहेका सरोज यादवलाई बीच बाटामै शपथ दिलाएकी हुन् ।
सिन्धुलीको एक होटलमा भण्डारीले यादवलाई मुख्यमन्त्रीको पदमा शपथ खुवाइन् । संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठुलो दलको हैसियतमा मधेस प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।
निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मितालाई एक होटलमा समाप्त पारेको बताएका छन् । उनले मधेस प्रदेशको जनतासँग धोका भएको बताएका हुन् ।
प्रतिक्रिया