तल्लो हेवा खोला जलविद्युतमा सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले ९८ करोड लगानी गर्ने

सोमबार, २४ कार्तिक २०८२, ११ : २६

काठमाडौं- तल्लो हेवाखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । 

पाँच खपन जलविद्युत् प्रालिले निर्माण गर्न लागेको छ दशमलव ८४ मेगावाट क्षमताको सो आयोजनामा दुई वाणिज्य बैंकले रु ९८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । 

यस आयोजानमा सिद्धार्थ बैंकले रु ५० करोड र राष्ट्रिय वाणिज्य बैंकले रु ४८ करोड १७ लाख बराबरको ऋण लगानी गर्ने भएका हुन् । आयोजना कूल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवर्द्धकले लगानी गर्ने छन् । 

आयोजनाको कूल लागत रु एक अर्ब ४० करोड २५ लाख बराबर रहेको छ । कम्पनीका अध्यक्ष वसन्तकुमार तामाङका अनुसार आयोजनाबाट वार्षिक ४० दशमलव ८२ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाबाट उत्पादित बिजुली ३३ केभी क्षमताको तीन दशमलव आठ किलोमिटर लामो प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा जोडिनेछ ।

पाँचथर जिल्लामा आयोजना स्थल रहेको परियोजनाको हाल निर्माण सुरु भइसकेको र निर्धारित समयमा पूरा हुने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

 
सोमबार, २४ कार्तिक २०८२, ११ : २६

प्रतिक्रिया