राष्ट्र बैंकको कारबाहीमा परे कुमारी र प्राइम कमर्सियल बैंक

सोमबार, २४ कार्तिक २०८२, १२ : २३

काठमाडौं- कुमारी बैंक र प्राइम कमर्सियल बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ ।

राष्ट्र बैंकको एकीकृत निर्देशन व्यवस्थाको अनुपालना नगरेको कारण कुमारी बैंकलाई सचेत गराएको हो ।

राष्ट्र बैंकको निर्देशन विपरित प्राइम बैंकले कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको पाइएको कारण सचेत गराएको छ ।

राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क–२०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड ( क) बमोजिम सचेत गराइएको छ।

 
सोमबार, २४ कार्तिक २०८२, १२ : २३

प्रतिक्रिया