काठमाडौं– उर्जामन्त्री रहेका कुलमान घिसिङको पार्टीको नाम ‘उज्यालो नेपाल’ रहने भएको छ । आइतबार रातिसम्म अन्य विभिन्न नाममा छलफल भएपनि अन्तिममा ‘उज्यालो नेपाल’ नै राख्ने गरी आज बिहान सहमति भएको हो ।
‘पार्टीको नाम उज्यालो नेपाल राख्ने लगभग सहमति भयो, चुनाव चिह्न बिजुलीको चिम प्रस्ताव गर्छौं,’ कुलमान निकट पार्टीका नेता जितराम लामाले जानकारी दिए । उनका अनुसार तत्कालका लागि पूर्व ऊर्जासचिव अनुपकुमार उपाध्यायको संयोजकत्व पार्टी दर्ता गर्ने तयारी भइरहेको बताए । उनले अहिले पनि पार्टीको भावी कार्ययोजना लगायतका विषयमा छलफल भइरहेको बताए ।
उनले उपाध्यायको संयोजकत्वमा अन्य सबै सदस्य रहने गरी निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने जानकारी दिए । उनले पार्टीको चुनाव चिह्न बिजुलीको चिम राख्ने विषयमा सहमति भएको उल्लेख गरे । उनका अनुसार अहिले उपाध्यायको संयोजकत्वमा ५१ जनाको केन्द्रीय कमिटी बन्नेछ ।
प्रतिक्रिया