युनिलिभर नेपालको ३२ औं वार्षिक साधारणसभा आज बस्दै, लाभांश पारित गरिने

मंगलबार, २५ कार्तिक २०८२, १० : ३३

काठमाडौं- युनिलिभर नेपाल लिमिटेडको ३२ औं वार्षिक साधारणसभा आज कात्तिक २५ गते बस्दैछ । सभा अपरान्ह ४ः३० बजे हेटौंडास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेछ।

उक्त साधारणसभाले सेयरधनीहरूलाई प्रतिकित्ता १ हजार ८४२ रुपैयाँका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यसैगरी गत आर्थिक वर्षको नाफा–नोक्सान, वासलात, नगद प्रवाह विवरण सहितको सञ्चालक समिति र लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ।

साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरूमा आर्थिक योगदानका लागि प्रस्ताव पारित गर्ने र अध्यक्षको अनुमतिमा अन्य कुनै पनि विषय पेश गर्न सकिने व्यवस्था रहेको छ।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक ११ गतेदेखि नै बुक क्लोज गरिसकेकाले कात्तिक १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम रहेका सेयरधनीहरू मात्रै कम्पनीको साधराणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

 
 
मंगलबार, २५ कार्तिक २०८२, १० : ३३

प्रतिक्रिया