मधेश प्रदेश प्रमुख पदमुक्त

मंगलबार, २५ कार्तिक २०८२, ११ : ३९

काठमाडौं– मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन्। 

मन्त्रिपरिषद्को सोमबारको निर्णय रसिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आजदेखि भण्डारीलाई पदमुक्त गरेको शीतल निवासले जनाएको छ।

रातारात होटलमा मुख्यमन्त्री नियुक्त र शपथ गरेपछि भण्डारीको चौतर्फी विरोध भएको थियो।

सरकारले उनको ठाउँमा सुरेन्द्र लाभ कर्णलाई नयाँ प्रदेश प्रमुख नियक्तिका लागि सिफारिस गरेको छ।

 
मंगलबार, २५ कार्तिक २०८२, ११ : ३९

प्रतिक्रिया