काठमाडौं-सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१र८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरिय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट २०८२ सुदूरपश्चिम प्रदेश र नेपालगन्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ।
सुदूरपश्चिम प्रदेश र नेपालगन्ज रिजनका अभिकर्ताहरु मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टिम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो ।
सुदूरपश्चिम प्रदेशमा र नेपालगन्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए ।
साथै नेपालगन्जमा सम्पन्न कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत नीराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए । दुवै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएका थिए जहाँ अभिकर्ताहरूले नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेका थिए।
नेपालगन्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए।
प्रतिक्रिया