सोनापुर मिनरलले बुझायो बिजुलीको बक्यौता, विद्युत् आपूर्ति सुरु

बुधबार, २६ कार्तिक २०८२, १० : ३१

काठमाडौं- दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । 

मंगलबार उक्त उद्योगले पहिलो किस्ताबापत रु ८६ लाख ३० हजार बुझाएपछि काटिएको लाइनबाट सोही दिनदेखि विद्युत् आपूर्ति गरिएको छ । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त उद्योगको रु २४ करोड २९ लाख ९९ हजार बक्यौता रहेकामा हिजो उक्त रकम दाखिला गरेको हो । उक्त उद्योगको बक्यौतालाई २८ किस्तामा विभाजन गरिएको छ । 
 

 
बुधबार, २६ कार्तिक २०८२, १० : ३१

प्रतिक्रिया