काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.५२ रुपैयाँ र बिक्रीदर १४२.१२ रुपैयाँ कायम भएको छ।
त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीददर ९२.४७ रुपैयाँ र बिक्रीदर ९२.८६ रुपैयाँ, एक क्यानेडियन डलरको खरीददर १००.९७ रुपैयाँ र बिक्रीदर १०१.४० रुपैयाँ र १० जापाजिन येनको खरीददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ तोकिएको छ।
त्यस्तै एक यूएई दिरामको खरीदमूल्य ३८.५३ रुपैयाँ र बिक्रीदर ३८.६९ रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३४.२१ रुपैयाँ र बिक्रीमूल्य ३४.३६ रुपैयाँ र एक कुवेती दिनारको खरीदमूल्य ४६०.७१ रुपैयाँ र बिक्रीमूल्य ४६२.६६ रुपैयाँ निर्धारण गरिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
प्रतिक्रिया