काठमाडौं– सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ । भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले आजबाट अनिवार्य अवकाशमा गएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक लगाएको हो ।
यस्तै उनलाई काठमाडौं उपत्यका छोड्न नपाउने गरी सम्वन्धित निकायमा पत्राचार गर्ने निर्णय समेत आयोगले गरेको छ । भाद्र २३ र २४ गतेका घटनाहरुको छानविन तथा जाँचबुझको लागि कुनैपनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुने गरी उनको स्थानहद तोकिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जनाएका छन् ।
प्रतिक्रिया