आगामी निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत

शुक्रबार, २८ कार्तिक २०८२, १५ : ३७

काठमाडौं- सरकारले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत गरेको छ ।

आयोगले साढे सात अर्ब माग गरेकोमा अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको निर्वाचन आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।

थप बजेट आवश्यक परे भविष्यमा सरकारले सहजीकरण गर्ने र अहिलेलाई ५ अर्ब स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ ।

 
शुक्रबार, २८ कार्तिक २०८२, १५ : ३७

प्रतिक्रिया