काठमाडौं- शिवम सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिकमा २० करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा १५३८.१६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कम्पनीको १ अर्ब ५३ करोड ३३ लाख रुपैयाँ उत्पादन बिक्रीबाट आम्दानी गरेको छ। अघिल्लो वर्ष कम्पनीको आम्दानी १ अर्ब ४० करोड ६३ लाख रुपैयाँ थियो। कम्पनीको आम्दानी ९।०३ प्रतिशतले बढेको छ।
चालु वर्षको असोजसम्म कम्पनीको व्यापार खर्च १ अर्ब २० करोड ६७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष कम्पनीको व्यापार खर्च १ अर्ब ३० करोड २७ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार खर्च ३.३७ प्रतिशतले घटेको छ।
चुक्तापुँजी ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १५.३७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९२.१८ रुपैयाँ रहेको छ।
प्रतिक्रिया