जस्तोसुकै अवस्थामा पनि विकास निर्माणका गतिविधि रोकिन हुँदैन : सभामुख घिमिरे

शनिबार, २९ कार्तिक २०८२, १६ : ३४

काठमाडौं- सभामुख देवराज घिमिरेले मुलुकमा  विकास-निर्माणका गतिविधि रोकिन नहुने बताएका छन्। 

झापाको बिर्तामोडस्थित देवी माध्यमिक विद्यालयका लागि रु छ करोडको लागतमा निर्माण गरिने १२ कोठाको तीनतले भवनको आज शिलान्यास गर्दै उनले जस्तोसुकै अवस्थामा पनि विकासका गतिविधि जारी रहनुपर्नेमा जोड दिएका हुन् । 

साथै उनले विद्यालय भवन निर्माणमा भौतिक एवं आर्थिक रूपमा सघाउन सबैमा आग्रह गरे । 

शिक्षा मन्त्रालयले केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ‘बिग स्कूल प्रजेक्ट’ अन्तर्गत भवन निर्माण हुने विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठले बताइन् ।
 

 
शनिबार, २९ कार्तिक २०८२, १६ : ३४

प्रतिक्रिया