मौसम पूर्वानुमान

मौसम प्रणाीलको प्रभाव छैन, आज देशभरको मौसम सफा रहने

सोमबार, ०१ मंसिर २०८२, ०९ : ४६

काठमाडौं– आज देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम अधिकांश ठाउँमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।

 
सोमबार, ०१ मंसिर २०८२, ०९ : ४६

प्रतिक्रिया