सिद्धार्थ बैंकको २४ औं वार्षिक साधारणसभा सम्पन्न, नगद लाभांश वितरण गर्ने निर्णय

सोमबार, ०१ मंसिर २०८२, ११ : ०१

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा मिति २०८२ कार्तिक ३० गते आइतबार काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय गरेको छ ।

यस्तै सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधिको नगद प्रवाह विवरण, स्वपुँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गरेको छ ।

सभाले बाह्य लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरू पनि पारित गरेको छ ।

 
 
 
सोमबार, ०१ मंसिर २०८२, ११ : ०१

प्रतिक्रिया