काठमाडौं- राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ ।
१ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको उक्त विभागको सिस्टम ह्याक भएको हो । योसँगै वेबसाइट खुल्न बन्द भएको छ ।
केही घन्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको र समस्या समाधान नभएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । विभागका इञ्जिनियरले सिस्टमको समस्या पत्ता लगाउने प्रयास गरे पनि अहिलेसम्म के भएको हो भन्ने पत्ता लागि नसकेको महानिर्देशक घिमिरेले बताए ।
केही दिन अघिदेखि विभागले मतदाता नामावलीमा नाम दर्ता अनलाइनबाटै गर्न सक्नेगरी सिस्टम विकास गरेको थियो ।
प्रतिक्रिया