काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
मेडिकल व्यवसायी एवं राजावादी अभियन्ता प्रसाईंलाई सोमबार मध्यराति पक्राउ प्रहरीले गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरस्थित निबासबाटै पक्राउ गरेको हो ।
उनले हिंसा भड्किने अराजक गतिविधि गर्न अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए । राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
प्रतिक्रिया