सरकारले जेनजी आन्दोलनका घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने

मंगलबार, ०२ मंसिर २०८२, १६ : ४६

काठमाडौं- सरकारले जनेजी आन्दोलनका घाइतेहरुलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । 

आज मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । 

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा २ हजार ४२९ जना घाइते भएका थिए । 

 
 
 
मंगलबार, ०२ मंसिर २०८२, १६ : ४६

प्रतिक्रिया