अपडेट

महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी

बुधबार, ०३ मंसिर २०८२, १३ : ०९

काठमाडौं- नेकपा एमालेका नेता महेश बस्नेतको विरोधमा जेनजीले प्रदर्शन गरेपछि बारामा कर्फ्यु आदेश जारी गरिएको छ ।

मध्यान्ह १२ः३० बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको  प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए । 

उनका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बाराको जीतपुर सिमरा उपमहानगरपालिका भित्र चार किल्ला क्षेत्र निर्धारण गरेर कर्फ्यु आदेश जारी गरिएको हो ।

गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५ सय मिटरसम्म तथा सिमरा विमानस्थलको वरिपरि ५ सय मिटरसम्म कसैले आवतजावत, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी मिश्रले भनेका छन् ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरू, सञ्चारकर्मीहरू, पर्यटक सवारी साधनहरू, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरू र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हुने सूचनामा उल्लेख छ । 

bara2

बुधबार, ०३ मंसिर २०८२, १३ : ०९

प्रतिक्रिया