एनपीएलमा सट्टेबाजी गराएको आरोपमा १ भारतीयसहित २ पक्राउ

बुधबार, ०३ मंसिर २०८२, १७ : ११

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।
उनीहरूले खेलाडीलाई स्पोन्सर गर्छौ भन्दै ह्वाट्स एप, इन्ट्राग्राममार्फत सम्पर्क गरी सट्टेबाजी गराएको आरोप छ । 

पक्राउ पर्नेमा हरियाण रानिमहाल पानीपतका २८ वर्षीइ दिलप्रित सिंह र बर्दिया घर भइ भारत चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी छन् ।

उनीहरूलाई लाजिम्पाटबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 
 
बुधबार, ०३ मंसिर २०८२, १७ : ११

प्रतिक्रिया