बाराको सिमरा क्षेत्रमा आज पनि प्रदर्शन

विहीबार, ०४ मंसिर २०८२, १३ : १६

काठमाडौं- नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ ।

युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरूबीच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत बन्द रहेको छ 

 
विहीबार, ०४ मंसिर २०८२, १३ : १६

प्रतिक्रिया