नेपाल टेलिकमको सञ्चालकमा अरुणा जोशी नियुक्त

विहीबार, ०४ मंसिर २०८२, १३ : ३४

काठमाडौं- नेपाल टेलिकमको सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरिएको छ। 

नेपाल सरकारको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले समूह ‘क’ (संस्थापक समूह) अन्तर्गत मनोनयन हुने सदस्यमा परिवर्तन गर्दै सहसचिव अरुणा जोशीलाई सञ्चालक समिति सदस्यको रूपमा नियुक्त गरेको हो।

नियुक्ति मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार नियमावलीको नियम १२ को खण्ड (छ) र समूह ‘क’ को व्यवस्था अनुसार गरिएको हो। 

नवनियुक्त सदस्य जोशीले आफ्नो जिम्मेवारी सुरु गर्नु अघि गोपनीयताको शपथ ग्रहण गरिसकेकी छन्।

 
विहीबार, ०४ मंसिर २०८२, १३ : ३४

प्रतिक्रिया