काठमाडौं- जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा पुनः कर्फ्यु आदेश जारी गरेको छ ।
कार्यालयले आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो ।
बिहीबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको जानकारी दिएको हो ।
प्रतिक्रिया