टिकटकले ल्यायो टाइम र वेल-बीइंग फिचरहरू

विहीबार, ०४ मंसिर २०८२, १७ : ११

काठमाडौं- टिकटकले आज आफ्ना प्रयोगकर्ताहरूका लागि नयाँ Time and Well-being स्पेस सुरु गरेको घोषणा गरेको छ।

यो नयाँ अपडेटले प्रयोगकर्ताहरूलाई सचेत र स्वस्थ डिजिटल बानी बनाउन सहयोग गर्ने धेरै नयाँ सुविधाहरू ल्याएको छ। यस पहलले प्रयोगकर्तालाई सकारात्मक र सन्तुलित अनलाइन अनुभव दिने टिकटकको प्रतिबद्धता झनै स्पष्ट बनाएको छ।

सुरक्षा र कम्युनिटी गाइडलाइन्सलाई प्राथमिकता दिँदै आएको टिकटकले पछिल्लो समय उन्नत Family Pairing फिचर र किशोर–किशोरीको प्रयोग अस्थायी रूपमा रोक्ने क्षमता भएको Time Away फिचर जस्ता धेरै उपयोगी सुविधाहरू थप्दै आएको छ। यस वर्ष, टिकटकले राति आराम गर्न मद्दत होस् भनेर किशोर–किशोरीका लागि Meditation Feature पनि सुरु गर्‍यो। अब यी सुविधाहरूको थप विस्तार गर्दै, टिकटकले प्रयोगकर्ताहरूलाई ध्यानको अभ्यास गर्ने, विश्राम लिने र
स्वस्थ डिजिटल बानी बनाउने डेडीकेटेड टुल्स सहित नयाँ अनुभवहरू उपलब्ध गराएको छ। 

नेपालभरिका मानिसहरूले टिकटक मार्फत आफ्ना रुचिहरू खोज्छन् र #JournalTok , #NatureTok जस्ता कम्युनिटीसँग जोडिन्छन्। अब नयाँ Time and Well-being फिचरले हाम्रो कम्युनिटीलाई आराम गर्न, मन
शान्त पार्न र रिल्याक्स हुन अझ सरल बनाइदिएको छ।

यो फिचरले अहिलेको Screen Time Management पेजलाई हटाएर, यसको ठाउँमा धेरै नयाँ उपयोगी विकल्पहरू ल्याउँछ, जस्तै:

  •  Affirmational Journal- हरेक दिनका लागि आफ्नो मनोभाव वा उद्देश्य सेट गर्न सकिने, जहाँ १२० भन्दा बढी affirmation कार्डहरू डाउनलोड गर्न वा अरूसँग शेयर गर्न सकिने सुविधा छ।
  • Soothing Sound Generator- वर्षा, समुद्री छाल, र white noise जस्ता मन शान्त बनाउने आवाज सुन्न सकिने। सर्वेक्षण अनुसार, टिकटक प्रयोगकर्ताहरू प्रयोग नगर्नेहरू भन्दा १४% ले बढी निद्रा वा आराम पाउनका लागि संगीत सुन्छन्।
  • Breathing Exercises- विभिन्न प्रकारका ध्यान र सास-प्रश्वास अभ्यासहरू, जसले तनाव घटाउन र मन स्थिर राख्न सहयोग गर्छ।

डिजिटल वेल-बीइंग र सचेत अनुभवका थप सुविधाहरू

नयाँ Time and Well-being स्पेस सुरू गर्दै, टिकटकले अब चारवटा नयाँ Well-being Missions पनि ल्याएको छ । यी छोटा, रमाइला र सजिलै पूरा गर्न सकिने मिसनहरू हुन्, जसले प्रयोगकर्तालाई दीर्घकालीन, सन्तुलित डिजिटल बानी बनाउन मद्दत गर्छ। मिसनहरू पूरा गर्दै जाँदा, प्रयोगकर्ताले ब्याज पाउँछन्, जसले उनीहरूको सचेत व्यवहारलाई प्रोत्साहन र मजबुत बनाउँछ।

यी सुविधामा आठ–हप्ते Sleep Hours Mission समावेश छ, जहाँ प्रयोगकर्ताले भर्चुअल Well-being Tree बढाउन सक्छन्। योसँगै, निर्धारित सीमाभित्र रहेर प्रयोग गरेमा Daily Screen Time Badge, र हरेक हप्ता Screen Time रिपोर्ट चेक गर्ने Weekly Mission पनि उपलब्ध छ।

प्रयोगकर्ताहरूले Well-being Ambassador Mission मार्फत आफ्ना साथीहरूलाई पनि मिसनमा सहभागी गराई यी अनुभवहरू सँगै गर्न निमन्त्रणा गर्न सक्छन्।

टिकटकले यी फिचरहरूलाई प्लेटफर्मको अनुभवमै सहज रूपमा जोड्ने लक्ष्य राखेको छ ।

 
विहीबार, ०४ मंसिर २०८२, १७ : ११

प्रतिक्रिया