पाल्पामा बस दुर्घटना, ११ जना घाइते

शुक्रबार, ०५ मंसिर २०८२, ०९ : ४४

बुटवल– पाल्पाको रानीमहलको अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको एउटा बस आज बिहान दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा ११ जना सामान्य घाइते भएका छन् । दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना५ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीय सन्ध्या भण्डारी, राजपुर गाउँपालिका–६ की १८ वर्षीय दिल कुमारी रावत छन् ।

यसैगरी राजपुर–६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल तानसेन पठाएको प्रहरीले जनाएको छ ।

 
शुक्रबार, ०५ मंसिर २०८२, ०९ : ४४

प्रतिक्रिया