मन्त्रिपरिषद बैठक

सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने सरकारको निर्णय

शुक्रबार, ०५ मंसिर २०८२, १६ : ४७

काठमाडौं– सरकारले अन्तरिम कालका लागि हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी खरिद गर्ने निर्णय गरेको हो । त्यसका लागि हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्न लागेको हो ।

 
 
 
शुक्रबार, ०५ मंसिर २०८२, १६ : ४७

प्रतिक्रिया