काठमाडौं- नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका संचालक समितिका नवनियुक्त अध्यक्ष रमेश अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
शपथग्रहण कार्यक्रम आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा सम्पन्न भएको हो।
कम्पनीको संचालक समितिको २०८२ साल मंसिर ५ गते बसेको बैठकले आन्तरिक राजस्व विभागका उपमहानिर्देशक समेत रहेर जिम्मेवारी सम्हाल्दै आएका अर्याललाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको थियो।
शपथग्रहण समारोहमा नेपाल बीमा प्राधिकरणका निर्देशक पूजन ढुंगेल अधिकारी, राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीसहित अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया