एनएमबि बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा

आइतबार, ०७ मंसिर २०८२, १० : ४१

काठमाडौं- एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

सोमध्ये ५ प्रतिशत बोनस शेयर रहेको छ भने ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। 

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत गरेपछि वितरण गरिनेछ।
 

 
आइतबार, ०७ मंसिर २०८२, १० : ४१

प्रतिक्रिया