प्रधानमन्त्री कार्की विरुद्धको अवहेलना मुद्दामा आज सुनुवाई हुँदै

आइतबार, ०७ मंसिर २०८२, ११ : १९

काठमाडौं– प्रधानमन्त्री शुशिला कार्की विरुद्ध दायर भएको अवहेलना मुद्दाको आज सर्वोच्च अदालतमा सुरु सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतले मंसिर ३ मा कार्की विरुद्धको मुद्दा दर्ता गरेको थियो ।  राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर कार्की विरुद्ध पहिलो अवहेलना मुद्दा दायर भएको हो ।

सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाई फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए । कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा मंसिर ३ मा दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको हो ।

 
 
आइतबार, ०७ मंसिर २०८२, ११ : १९

प्रतिक्रिया