प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवले श्रीमतीसहितका नातेदारलाई दिलाए नियुक्ति, पदमुक्त गर्न माग

सोमबार, ०८ मंसिर २०८२, ०९ : २४

काठमाडौं– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नैतिक भ्रष्टाचार भएको भन्दै प्रमुख स्वकिय सचिव आदर्श कुमार श्रेष्ठ तत्काल पदमुक्त गर्न माग गरेकी छन् ।

बमले प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अँगालेर नैतिक भ्रष्टाचार गर्दै श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाउने काम गरेको भन्दै उनलाई तत्काल पदमुक्त गर्न प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएकी हुन् ।

प्रमुख स्वकिय सचिव श्रेष्ठले श्रीमतीसहित अन्य नातेदारलाई सचिवालयमा जागिर लगाएको बाहिर आएपछि बमको यस्तो टिप्पणी आएको हो ।

‘आखिर के का लागि ? जेनजी विद्रोह रकमको भ्रष्टाचार बिरूद्ध मात्र नभई नैतिक भ्रष्टाचार, नातावाद, कृपावाद बिरूद्ध पनि थियो । भाद्र २३ मा हामीले सुशासन, पारदर्शिता र जवाफदेहिताको पक्षमा नारा लगाएका थियौं’ बमले भनेकी छन्, ‘तर नागरिक सरकारको प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिवले नातावाद र कृपावाद अंगालेर नैतिक भ्रष्टाचार गर्दै जसरी श्रीमतीसहित अन्य नातेदारलाई जेनजी विद्रोह कै बलमा जागिर लगाउने काम गरेका छन, त्यो सरासर गलत भएको छ ।’

 
 
 
 
सोमबार, ०८ मंसिर २०८२, ०९ : २४

प्रतिक्रिया