काठमाडौं- जेनजी २.० समूहका युवासँंग गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार गृह मन्त्रालयमा भेट गरेका छन् ।
सो अवसरमा जेनजी युवाको समूहले भाद्र २३ र २४ गतेको घटनामा दोषी देखिएकालाई कारबाही गर्न माग गरेको छ ।
जेनजी २.० नामको समूहका प्रतिनिधिले आन्दोलनका दोषीलाई कारबाही गर्न माग गरेका हुन् । भाद्र २४ गते जेनजीका नाममा भएको आगजनी र तोडफोडमा संलग्नलाई समेत कारबाही गर्नुपर्ने उनीहरूले माग गरेका छन् ।
जेनजी २.० समूहका प्रवक्ता अविन लिम्बूले छलफलको क्रममा गृहमन्त्रीले दोषीलाई कारबाहीको लागि प्रतिबद्ध रहेको बताएको जानकारी दिए । उनले आगामी निर्वाचनमा सरकारलाई सहयोग गर्न पनि आग्रह गरेका थिए । साथै जेनजीमाथि कारबाही गर्दा नियत बुझन पनि उनले अनुरोध गरे । नियत सफा भए पनि तोडफोडमा संलग्नमाथि मानबीय भाबना हुनुपर्ने उनले तर्क राखे । उदाहरण दिंदै भने, ‘जस्तो केही जेनजी युवाहरुलाई भ्रष्टाचारको अखडा यो सरकारी कार्यालय हो, यसलाई ध्वस्त गरायो भने देशबाट भ्रष्टाचार अन्त्य हुन्छ भनेर युवाको दिमाग भुटिदिए अनि ती अवोध युवाले भबन जलाए ।’
भेटघाटको क्रममा उनीहरुले जेनजी २.० समूहले मंसिर १२ गते माइतीघर मण्डलामा कार्यक्रम गर्ने पनि जानकारी मन्त्री अर्याललाई गराए । त्यस कार्यक्रममा उपस्थितिका लागि पनि उनीहरुले गृहमन्त्री अर्याललाई निम्तो दिएका छन् ।
प्रतिक्रिया