मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

मंगलबार, ०९ मंसिर २०८२, ०७ : ४५

काठमाडौं- हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशका थोरै भूभागमा हुस्सु तथा तुवाँलो लागेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 
आज राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 
 
मंगलबार, ०९ मंसिर २०८२, ०७ : ४५

प्रतिक्रिया