सिक्लेस हाइड्रोपावरले बोलायो साधारणसभा, लाभांश र हकप्रद निष्कासन प्रस्ताव पारित गर्ने

मंगलबार, ०९ मंसिर २०८२, ११ : १९

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडले साधारण सभा बोलाएको छ । सभा मंसिर २९ गते पोखराको घारीपाटन स्थित आभ्या क्लबमा बस्ने गरी बोलाएको हो ।

सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ सम्मको संचित मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १२ करोड ७५ लाख बराबरको बोनस सेयर र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७८९ प्रतिशतले हुन आउने ६७ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

साथै बोनस सेयर जारी भएपश्चात कायम हुने चुक्ता पुँजीको १ः१ अनुपातमा शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत रहेको छ ।

कम्पनीले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी आगामी आर्थिक वर्षका लागि लेखा परिक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ मंसिर १७ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

 
मंगलबार, ०९ मंसिर २०८२, ११ : १९

प्रतिक्रिया