प्रिमियर इन्टरनेशनल स्कूलमा ‘अन्वेषणः एमवाईपी स्टिम प्रदर्शनी २०२५’ सम्पन्न

मंगलबार, ०९ मंसिर २०८२, १३ : ४०

काठमाडौं- प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कूलले आफ्नो Anveshan: MYP STEAM Exhibition 2025 कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

यस प्रदर्शनीमा कक्षा ६, ७ र ९ का विद्यार्थीहरूले तयार पारेका ३५ भन्दा बढी परियोजनाहरू प्रदर्शन भएका थिए, जसले विद्यार्थीहरूको जिज्ञासा, सिर्जनात्मकता र प्रविधि सीपको उत्कृष्ट प्रदर्शन देखायो। विद्यार्थीहरूले साधारण/जटिल मेसिन, ऊर्जा रूपान्तरण, र प्रणाली (Systems) जस्ता विषयमा अनुसन्धान र प्रयोगमार्फत STEAM शिक्षाले कसरी आलोचनात्मक सोच, उद्देश्यपूर्ण डिजाइन र वास्तविक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्छ भन्ने स्पष्ट पारे।

प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका कार्यशील प्रोटोटाइपहरूमा Automatic Water Dispenser, Hydraulic Braking System, Piezoelectric Plate प्रयोग भएको Gravity-Fall Electricity Generator, Smart Gesture-Based Prosthetic Arm, Emergency Situation Remote-Operated Car, Smart Street Lights, र Renewable Energy Models समावेश थिए। STEAM शिक्षकहरूको मार्गनिर्देशनमा विद्यार्थीहरूले MYP Design Technology को प्रक्रियाअनुसार -Inquiry, Development, Creation, Evaluation-अनुसार कक्षा अवधारणालाई व्यवहारिक परियोजनामा परिणत गरे।

यो प्रदर्शनीले विद्यार्थीहरूलाई वैज्ञानिक बुझाइ मात्र नभई २१औँ शताब्दीमा आवश्यक पर्ने सीपहरू सिक्न मद्दत गर्‍यो। यसमा CAD/3D मोडलिङ, सर्किट निर्माण, soldering, Arduino-आधारित coding, block/text coding, workshop safety, project planning, teamwork, troubleshooting, र iterative problem-solving जस्ता सीपहरू अभ्यास गर्ने अवसर प्रदान गरिएको थियो। विद्यार्थीहरूले समस्यासमेत आइपरे पनि हार नमान्दै बारम्बार सुधार गर्दै अघि बढ्ने प्रयास देखाएका थिए, जसले प्रिमियरको hands-on, विद्यार्थी-केन्द्रित शिक्षण पद्धति को उत्कृष्ट उदाहरण प्रस्तुत गर्‍यो।

कार्यक्रमका विशेष अतिथि Hipco Infra का Director तथा The Leaf Resort & Spa का Founder हितेश गोल्छा विद्यार्थीहरूको आत्मविश्वास, सिर्जनात्मकता र प्रविधि-उपयोगप्रति अत्यन्त प्रभावित भएको प्रतिक्रिया दिए। उनले विजेता समूहलाई Lego Gift Bags प्रदान गर्दै विद्यार्थीहरूको उत्साह बढाए।

Anveshan: MYP STEAM Exhibition 2025 ले प्रिमियरले अँगालेको experiential र inquiry-driven शिक्षण दर्शन उजागर गरेको छ। विद्यार्थीलाई आफ्ना विचारहरू डिजाइन, प्रोटोटाइप, परीक्षण, सुधार र आत्मविश्वासका साथ प्रस्तुत गर्न अवसर दिनु नै भविष्यका आविष्कारक र समस्या समाधानकर्ता तयार गर्ने मार्ग हो भन्ने कुरा यस प्रदर्शनीले पुनः प्रमाणित गर्‍यो।

 
मंगलबार, ०९ मंसिर २०८२, १३ : ४०

प्रतिक्रिया