कुमारी बैंकको १ लाख २ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

बुधबार, १० मंसिर २०८२, १० : २६

काठमाडौं- कुमारी बैंक लिमिटेडको संस्थापक समूहको १ लाख २ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।

यो सेयरमा हाललाई बैंकका संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले काठमाडौंको टंगालस्थित बैंकको प्रधान कार्यालय र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

 
बुधबार, १० मंसिर २०८२, १० : २६

प्रतिक्रिया