बास नेपालको आयोजनामा लोकतन्त्र र सुशासन विषयक तालिम सम्पन्न

विहीबार, ११ मंसिर २०८२, ११ : ४३

काठमाडौं- बास नेपालको आयोजनामा नेपालगन्जमा लोकतन्त्र र सुशासन विषयक तालिम सम्पन्न गरिएको छ ।

बास नेपालले संस्थाका सक्रिय सदस्यहरूलाई लक्षित गरी हरेक महिना विभिन्न तालिमहरू गर्दै आएकोमा आज बुधबार उक्त तालिम दिइएको हो ।

हरेक व्यक्तिहरूमा सुशासन र लोकतन्त्रको बारेमा जानकार हुनुपर्ने भन्ने ध्येयका कारण बास नेपालको सुशासन हलमा आयोजना गरिएको उक्त तालिममा बाँके र बर्दियामा रहेका बास नेपालका सक्रिय सदस्यहरू सहभागी रहेको तालिम २ घण्टासम्म चलेको थियो ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका उप प्राध्यापक तथा बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाले लोकतन्त्रका आधारभूत तत्त्वहरू, मानव अधिकार र सुशासन सम्बन्धी कुराहरूको बारेमा प्रशिक्षण दिएका थिए ।

४० जना सहभागी रहेको उक्त तालिममा बास नेपालका केन्द्रीय पदाधिकारीहरूको सक्रिय उपस्थिति रहेको थियो भने तालिममा बास नेपालका केन्द्रीय उपाध्यक्ष तथा तालिम विभाग प्रमुख दिला शाहले स्वागत भनाई राखेकी थिइन् ।

कार्यक्रम सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले सञ्चालन गरेका थिए ।

 
विहीबार, ११ मंसिर २०८२, ११ : ४३

प्रतिक्रिया