राप्रपा बबई गाउँपालिकाको अधिवेशन सम्पन्न, १६ सदस्यीय नयाँ समिति गठन

विहीबार, ११ मंसिर २०८२, १५ : २८

दाङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बबई गाउँपालिका कार्यसमितिको अधिवेशन बुधवार हंसपुरमा सम्पन्न भएको छ। अधिवेशनले बिष्णु ओलीको अध्यक्षतामा १७ सदस्यीय गाउपालि कार्यसमिति गठन गरेको हो।

नवगठित समितिमा विरेन्द्र डाँगी, तीलक सुनार, सपना विक , शुसिला विक , पुस्पा खडका , नन्दराम जैसी ,  दयाल सिंह ठकुरी ,  राम बहाद्र चौधरी ,हंस वुढा ,यम नारायण पंगाली केशरलाल भण्डारी ,सुकलाल ओली ,बिन बहमदुर खत्री , कृष्ण रोका,  र निर्मला बिक सदस्यका रूपमा चयन भएका छन् । 

यस अघि दंगीशरण गाउपालिका ,  घोराही उपमहानगरपाकिा र  देउखुरीका राजपुर, गढवा र लमही गरी तीन पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ। अब दाङका सबै स्थानीय तहमा अधिवेशन सकिएपछि  निर्वाचन क्षेत्र, प्रदेश सभा हुँदै जिल्ला अधिवेशन गरिने राप्रपा दाङ क्षेत्र नम्बर ३ ख  का अध्यक्ष श्रीमणी न्यौपानेले जानकारी दिए । 

अधिवेशनमा राप्रपाका केन्द्रीय सदस्य तथा केन्द्रीय पर्यवेक्षक देबी घिमिरेले हिन्दु राष्ट्र र राजसंस्था पार्टीको मुख्य एजेन्डा भएको बताउँदै सबै हिन्दुबादी शक्तिहरूलाई एकजुट भएर अघि बढ्न आग्रह गरेकी छन् । उनका अनुसार राप्रपा अहिले देशव्यापी रूपमा संगठन विस्तारमा जुटेको छ ।

कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य मधुसुदन केसी , दामोदर भण्डारी मिना स्वर्णकार  सरिता देवकोटा, शिव चौधरी, जिल्ला उपाध्यक्ष प्रेम शाह , निर्वाचन क्षेत्र न २का क्षेत्रिय अध्यक्ष नर बहादुर वुढाथोकी , क्षेत्र न ३का क्षेत्रीय अध्यक्ष छोटीलाल थारु , निर्वाचन क्षेत्र न ३ खका अध्यक्ष श्रीमणी न्यौपाने लगायतकाले शुभकामना दिएका थिए । 

बबइ गाउँ बबई गाउँपालिका कार्यसमितिका उपाध्यक्ष मानसिंह डागीको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनको सञ्चालन सचिव वेदप्रकाश डागीले गरेका थिए । 

अधिवेशन बबई कार्यसमितिका अध्यक्ष विरबहादुर बिष्टको अध्यक्षता र केन्द्रीय सदस्य तथा परिवेक्षक देवी घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम बबई गाउँपालिकाका सातै वडाका प्रतिनिधि तथा विभिन्न तहका नेता–कार्यकर्ताको सहभागितामा सम्पन्न भएको थियो।
 

 
विहीबार, ११ मंसिर २०८२, १५ : २८

प्रतिक्रिया